काठमाडौँ - ‘द भ्वाइस किड्स सिजन १’ र ‘द भ्वाइस सिजन ४’ सफलतापूर्वक सम्पन्न गरिसकेपछि, खल्तीले ‘द भ्वाइस किड्स – सिजन २’ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ। कार्यक्रमको भोटिङ लाइनहरु खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन्।
कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रुपमा प्रसारण हुनेछ। अघिल्ला वर्षहरूमा, यस कार्यक्रमले पहिले नै दर्शकहरुको ध्यानाकर्षक गरिसकेको र आगामी सिजनमा पनि त्यस्तै हुने अपेक्षा गरिएको छ। यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कार्यक्रमका कोच(निर्णायक रहनेछन्। यसैबीच, यो सिजनका लागि नयाँ कोच गायक शुशान्त केसी पनि रहेका छन्।
द भ्वाइस एक अन्तर्राष्ट्रिय रियलिटी टेलिभिजन गायन प्रतियोगिता फ्रान्चाइजी हो जसले देशभरका दर्शकहरूको मन जितेको छ। कार्यक्रमले युवा, प्रतिभाशाली गायकहरूलाई आफ्नो सीप प्रदर्शन गर्न र उत्कृष्ट गायकको शीर्षकको लागि प्रतिस्पर्धा गर्न प्लेटफर्म प्रदान गर्दछ। २०७४ मा नेपालमा “द भ्वाइस नेपाल” नाममा अन्तर्राष्ट्रिय गायन प्रतियोगिताको फ्रेन्चाइज सुरु भएको थियो। ‘द भ्वाइस नेपाल’ का चार वटा सिजन र ‘द भ्वाइस किड्स’ को एउटा सिजनको सफलतापछि ‘द भ्वाइस किड्स’ को दोस्रो सिजनतर्फ अघि बढिरहेको छ। खल्ती सन् २०७८ देखि द भ्वाइस नेपालसँग २ सिजन र द भ्वाइस किड्स सिजन १ का लागि विशेष साझेदार बनिसकेको छ।
द भ्वाइस किड्स – सिजन २, हिमालय टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रम ब्लाइन्ड अडिसनबाट सुरु हुनेछ, त्यसपछि ब्याटल राउन्ड, लाइभ राउन्ड र फाइनल राउन्ड हुनेछ। भोटिङ लाइन लाइभ राउन्डबाट खुला हुनेछ र प्रयोगकर्ताहरूले खल्ती एप प्रयोग गरी आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन्।
प्रतिक्रिया