पाँचतारे डिलक्स होटल मेची क्राउनले क्षमता विस्तार गर्दै

शुक्रबार, १२ फागुन २०७९, १३ : ५३

काठमाडौं- झापाको मेचीनगरमा दुई वर्ष अगाडि सञ्चालनमा आएको पाँचतारे डिलक्स होटल मेची क्राउनले क्षमता विस्तार गर्ने भएको छ । 

 

अहिले १०१ कोठामा १८५ शय्या रहेको होटलले क्षमता विस्तार गरी २५१ कोठा र ४८५ शय्या पुर्‍याउने भएको छ ।

यसका लागि होटलले १५० कोठामा ३ सय शय्या थप गर्ने प्रस्तावको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । अब यो होटल पूर्वी नेपालको सबैभन्दा ठूलो क्षमताको होटल बन्ने छ । होटलमा स्पा, साउना, स्वीमिङ पुल, जिमहल र क्यासिनोसहितका सुविधा छन् ।

शुक्रबार, १२ फागुन २०७९, १३ : ५३

प्रतिक्रिया