जनरल मोटर्सद्धारा नयाँ प्रविधि बजारमा ल्याइदैँ

शुक्रबार, १२ फागुन २०७९, १४ : २३

काठमाडौँ - अमेरिकन अटो निर्माता जनरल मोटर्सले टचस्क्रिनलाई अटोमेटिक तवरवाट सफा गर्न मिल्ने प्रविधि ल्याउने भएको छ । यो प्रविधिलाई प्रयोगमा ल्याउनेगरी कम्पनीले पेटेन्ट समेत दर्ता गरिसकेको जनाएको छ । यो प्रविधि प्रयोगमा आएपछि टचस्क्रिन लगायत अन्य डिस्प्लेमा हुने फोहोर स्वत हट्नेछ ।

यो नयाँ प्रविधिमा स्क्रिनभित्र आरजिवी एलइडी जडान गरिनेछ भने भायोलेट लाइट उत्पन्न गर्न अर्को छुट्टै एलइडी समेत दिइनेछ । भायोलेट एलइडीसंगै डिस्प्लेमा फोटोक्याटालिटिक कोटिङ सहितको पारदर्शी लेयर समेत उपलब्ध हुनेछ ।

जव भायोलेट लाइटले फोटोक्याटालिस्टसंग इन्टरयाक्ट गर्छ त्यहाँ एक प्रकारको केमिकल रियाक्सन भई हावामा वाटर मोलिक्यूल वनेपछि यसले टचस्क्रिनमा टाँसिएका फोरलाई स्वत सफा गर्नेछ ।

हालका लागी प्योटेन्टमात्र दर्ता भएका कारण यो प्रविधी कहिलेदेखी प्रयोगमा आउँछ भन्ने विषयमा यकिन भइसेको छैन । यद्यपि भविष्यमा यो प्रविधि प्रयोगमा आउने र यसले कारको लागत समेत वढाउने अनुमान गरिएको छ ।

शुक्रबार, १२ फागुन २०७९, १४ : २३

प्रतिक्रिया