नेपाल एअरलाइन्सले घटायो दाङ–काठमाडौँ भाडादर

शनिबार, १३ फागुन २०७९, १५ : ४५

काठमाडौँ- नेपाल एअरलाइन्सले दाङ–काठमाडौँ भाडादर घटाएको छ। 

 शनिबारदेखि लागू हुने गरि नेपाल एअरलाइन्सले दाङ(काठमाण्डौ हवाई भाडा ६ हजार ३ सय कायम गरिएको नेपाल एअरलाइन्सका दाङ स्टेशन प्रमुख महेन्द्रकुमार शर्माले जानकारी दिनुभएको छ । 

यसअघि  दाङ–काठमाण्डौ भाडा ८ हजार ८ सय रुपैयाँ रहेको  थियो । त्यसैगरी काठमाण्डौ–दाङको पहिलेको भाडाद ९ हजार १० रुपैयाँ थियो ।

नेपाल एअरलाइन्सले अहिले दाङमा हप्ताको ४ दिन उडान भर्दै आएको छ ।  सीता एअरले पनि उडान भरिरहेको छ । सिता एअरले भाडा घटाएको दुई हप्तामा नेपाल एअरलाइन्सले पनि भाडा घटाएको हो ।

शनिबार, १३ फागुन २०७९, १५ : ४५

प्रतिक्रिया