धनगढीमा आयोजना हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा

आइतबार, १४ फागुन २०७९, १२ : ४१

काठमाडौं-  कैलालीको धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शनमेला’ (क्यान इन्फोटेक) २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ।

कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म हुन लागेको मेलाको तयारी अन्तिम चरणमा रहेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

सुदुश्चिम प्रदेशको राजधानी कैलालीमा आयोजना हुन लागेको यस मेलाले विभिन्न प्रविधिमा पछाडि परेका सुदुरश्चिमको जिवनमा नयाँ परिवर्तन ल्याउनेमा क्यान महासंघ विश्वस्त रहेको छ ।

यसैगरी सवै प्रकारका प्रबिधिहरुको एउटै ठाउँमा प्रदर्शनी गरिने छ । यसका साथै प्राबिधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनारको पनि आयोजना गरिने छ ।

 

आइतबार, १४ फागुन २०७९, १२ : ४१

प्रतिक्रिया