ब्रान्ड एम्बेसडरको रुपमा सुरजसिंह ठकुरी नियुक्त

आइतबार, १४ फागुन २०७९, १६ : ४१

काठमाडौँ- शुभ गृह इन्स्टिच्यट एण्ड कन्सल्टेन्सीले सुरजसिंह ठकुरीलाई आफ्नो बोर्डमा ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ।

 कन्सल्टेन्सीले शुक्रबार  सिंहलाई ब्राण्ड एम्बेसडर नियुक्ति गरेको हो। 

‘‘जेन्युनसिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ।

कार्यक्रममा सुरज सिंह ठकुरीले शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्ने बताए। लगनशीलता र वास्तविकता संग जोडेमा कुनै पनि कुरा असम्भव रहेको उनले बताए। ‘अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वायुनाइटेडकिंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ।’ उनले भने, ‘म यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु।’

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले सिंहलाई ब्राण्ड एम्बेडरमा पाउँदा खुसि भएको भनदै विश्वभर धेरै विकल्पहरु बढेसंगै नेपाली विद्यार्थीहरुसंग उच्च शिक्षा हासिल गर्न पहिले भन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेको जानकारी गराए। संसारमा मान्यता प्राप्त उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरको लागि उत्कृष्ट प्लेट फर्म सिर्जना गर्ने उनको भनाई छ। 

उनले भने, ‘शुभ गृहमा हाम्रो लक्ष्य भनेको नेपाली विद्यार्थीहरुलाई अहिले र भविष्यमा उच्चस्तरको अन्तर्राष्ट्रिय शिक्षामा पहुँच प्राप्त गर्न सक्षम बनाउनुहो ताकि उनीहरुले आफ्नो देश र विश्वको विकासमा योगदान दिन सकून् ।

शुभगृहमा संस्थापक सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जे सुकै रहेपनि कम्पनीले उनीहरुलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सही बाटो प्रदान गर्ने विश्वास व्यक्ति गरिन्। 

शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो।

आइतबार, १४ फागुन २०७९, १६ : ४१

प्रतिक्रिया