बजाजको नयाँ योजना

आइतबार, १४ फागुन २०७९, १७ : १८

काठमाडौं-  नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान शुरू गरेको छ ।

बजारमा कतिपय नक्कली स्पेयर पार्ट्सको बिगबिगी भएको भन्दै उपभोक्ता त्यस्ता नक्कली स्पेयर पार्ट्सबाट नठगिऊन् भन्ने उद्देश्यले जनचेतनामूलक अभियान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ ।

यो अभियानमार्फत उपभोक्तालाई आफ्ना आधिकारिक वर्कशपमा पाइने गुलाबी स्टीकर टाँसिएका स्पेयर पार्ट्स नै सक्कली हुन् भन्ने जानकारी दिन लागिएको कम्पनीको भनाइ छ ।
 

आइतबार, १४ फागुन २०७९, १७ : १८

प्रतिक्रिया