विदेशी मुद्राको विनिमय दर, अमेरीकी डलर लगायत अन्य मुद्राको कति ?

सोमबार, १५ फागुन २०७९, ०९ : ०३

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज फागुन १५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ३५ पैसा र बिक्री दर १३९ रुपैयाँ ९८ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८२ पैसा र बिक्री दर १५८ रुपैयाँ ५४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।सामान्यतया सफा रहनेछ। 

 

उता, देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन शाखाले अनुरोध गरेको छ ।

 

सोमबार, १५ फागुन २०७९, ०९ : ०३

प्रतिक्रिया