काठमाडौँ - लामो समयसम्मको आयात प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव र अटोलोनमा उच्च ब्याजदरका कारण यो वर्ष मोटरसाइकल र स्कुटरको आयात नराम्ररी प्रभावित वन्ने देखिएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा कुल १ लाख ८९ हजार ९२७ युनिट मोटरसाइकलरस्कुटर आयात भएकोमा यो वर्षको ७ महिनामा आयात ६३ प्रतिशत हाराहारीले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार माघ महिनासम्म ४८ हजार ७६८ युनिट १२५ सीसीसम्मका मोटरसाइकल भित्रिएका छन् । जसमध्ये ११ हजार ३०२ अनएसेम्वल्ड र ३७ हजार ४६६ युनिट एसेम्वल्ड अवस्थामा भित्रिएका हुन् । १२५ सीसी सम्ममा सवै मोटरसाइकल भारतबाट आयात भएका हुन् ।
त्यसैगरी १२५ देखि २०० सीसी सेग्मेन्टमा १९ हजार ५४४ युनिट मोटरसाइकलरस्कुटर आयात भएको छ । जसमध्ये भारतबाट १२ हजार २७१ युनिट र चीनवाट जम्मा ९६ युनिट अनएसेम्वल अबस्थामा भित्रिएका हुन् । सो अवधिमा भारतमा एसेम्वल भई ६ हजार ४३१ युनिट आयात भएको छ भने चीनबाट ६९० र ताइवानबाट ५६ युनिट बाइक एसेम्वल अवस्थामा नेपाल आएका हुन् ।
त्यस्तै, २०० देखि २५० सीसी सेग्मेन्टमा जम्मा १ हजार ९८१ युनिट बाइक आयात भएको छ । जसमा भारतबाट अनएसेम्वल अवस्थामा १ हजार ९२० युनिट आयात भएको छ भने भारतबाटै एसेम्वल भई आउने बाइकको संख्या १ र चीनबाट ६० युनिट आयात भएको छ ।
सोही अवधिमा २५० देखि ५०० सीसी सेग्मेन्टमा भारतबाट अनएसेम्वल अवस्थामा १३२ युनिट मोटरसाइकल आयात हुँदा २५० देखि ४०० सीसी सम्ममा ८०० युनिट एसेम्वल अवस्थामा आयात भएको छ ।
प्रतिक्रिया