काठमाडौँ - सिरहा जिल्ला मिर्चैया ५ स्थित हिमालयन प्लाष्टो क्राफ्टस प्रा.लि. ले UPVC उत्पादन सुरू गरेको छ ।
सो कम्पनीले ३००० मे.ट.वार्षिक उत्पादन क्षमता राखी घर, भवन, अफिस, उद्योग लगायत विभिन्न निर्माणको काममा प्रयोग गरिने झ्याल, ढोका, पाटेशनमा प्रयोग हुने भर्जिन दानाबाट उत्पादित उच्च गुणस्तरको UPVC प्रोफाईल बनाउने उदेश्य राखी आफ्नो उत्पादन सुरु गरेको हो ।
यस उद्योगले नपालको सम्पुर्ण क्षेत्रमा आफ्नो उत्पादनलाई प्रभावकारी तवरबाट बजारमा लैजाने निर्णय गरेको उद्योगका सञ्चालक बिनोद कुमार अग्रवालले बताए । काठ तथा अन्य वस्तुबाट बनेको झ्याल तथा ढोक भन्दा नबाङगीने, नपसाङगीन किफायती सस्तो आगो नलाग्ने, रङ नजाने, तथा आकर्षक समेत देखिने हुनाले बजारमा यसको माग अनुसार आफुले यो उद्योग सञ्चालन गर्न लागेको उनले बताए ।
प्रतिक्रिया