काठमाडौँ - फागुन १५ गते मध्यपश्चिम विश्वविद्यालय, उपकुलपतिको कार्यालयमा एक कार्यक्रमकाबीच मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोषबीच शिक्षक–कर्मचारीको उपदान तथा निवृत्तभरण व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा।डा। नारायण प्रसाद पौडेल र कर्मचारी सञ्चय कोषको तर्फबाट का. मू. मुख्य प्रवन्धक महेशप्रसाद खनालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मध्यपश्चिम विश्वविद्यालयको स्थापनाकालदेखि नै उपदान तथा निवृत्तभरणको व्यवस्थापन एक प्रमुख चुनौतीको विषय रहेको अवस्थामा विश्वविद्यालयका वर्तमान उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहको प्रत्यक्ष संग्लग्नतामा कार्यविधि तयार गरी दिगो रूपमा उक्त समस्याको समाधान गरिएको बताइएको छ ।
उक्त सम्झौता पत्रमा उल्लेख भए बमोजिम ‘सार्वजनिक निकायका कर्मचारीको निवृत्तभरण तथा उपदान कोष सञ्चालन निर्देशिका, २०७७’स् ‘मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक–प्रशासनिक नियमावली, २०६९’ र ‘मध्यपश्चिम विश्वविद्यालय शिक्षक–कर्मचारी नियमावली, २०६९’स तथा ‘मध्यपश्चिम विश्वविद्यालय शिक्षक तथा कर्मचारी उपदान एवं निवृत्तिभरण व्यवस्थापन कार्यविधि, २०७९’अनुसार उपदान तथा निवृत्तभरण सम्बन्धी व्यवस्था हुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
उपदानको व्यवस्था अन्तर्गत शिक्षक–कर्मचारीको तलवबाट मासिक रुपमा कम्तिमा ८.३३ प्रतिशत रकम कट्टी गरी कर्मचारी संचय कोषमा सम्बन्धित शिक्षक–कर्मचारीको व्यक्तिगत खातामा जम्मा हुनेछ भने सोहि अनुरुप कर्मचारी संचय कोषले सम्बन्धित शिक्षक–कर्मचारीलाई तोकिएको दरमा ब्याज तथा मुनाफा प्रदान गर्नेछ ।
त्यसैगरी निवृत्तभरणको व्यवस्था अन्तर्गत तोकिएका शिक्षक–कर्मचारीको तलवबाट मासिक रुपमा कम्तिमा ६ प्रतिशत रकम कट्टी गरी विश्वविद्यालयले शतप्रतिशत रकम थप गरी कर्मचारी संचय कोषमा जम्मा हुनेछ भने कर्मचारी सञ्चय कोषले सम्बन्धित शिक्षक९कर्मचारी सेवा निवृत्तरअवकाश भए पश्चात् तोकिएको दरमा ब्याज तथा मुनाफा प्रदान गर्नेछ ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका डीनहरू, कार्यकारी निर्देशक, प्राध्यापक, उपकुलपति सचिवालयका सदस्य तथा कर्मचारी उपस्थित थिए भने कर्मचारी सञ्चय कोषका तर्फबाट कर्मचारी सञ्चय कोष, सुर्खेत शाखाका कार्यालय प्रमुख रवि तामाङ्गलगायत कर्मचारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया