केपी ओली कप फाइनल: सातदोबाटो र मछिन्द्रबिच प्रतिस्पर्धा हुने

१ बर्ष अगाडि

काठमाडौं - केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । 

 

आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बिच प्रतिस्पर्धा हुन लागेका हो ।

 

आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुदैँ आएको थियो भने फाइनल दशरथ रंगशालामा आज हुदैछ । 

 

नेकपा एमाले निकट युवा स‌‌घकाे आयाेजनामा भईरहकाे खेलकाेमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया