जजीरा एयरवेजको उडान पुन : शुरु हुने

बुधबार, १७ फागुन २०७९, १२ : ४३

काठमाडौँ- जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (न्द्यक्ष्ब्)– भैरहवामा फागुन २५ गते २०७९ देखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ ।जजीरा एयरवेजले फागुन २५ २०७९ गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रुपमा ३ वटा उडान गर्नेछ ।

 

 

Segment

Flight

Number

Days                of

Operation

Departure Time

(NST)

Arrival Time

(KST)

 

 

BWA- KWI

 

 

J9 546

 

 

Tue, Thu, Sat

 

 

08:05 am

 

 

10:55 am

 

 

KWI- BWA

 

 

J9 545

 

 

Mon, Wed, Fri

 

 

23:50 pm

 

 

07:20(+1) pm

 

 

जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान  १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म रु.२८,८३६÷– को विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।


नेपाल स्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले यस सम्बन्धमा भन्नुभयो, “नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसारनै हामीले  मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका विचमा लुम्बिनिलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवद्र्धन गर्दै छौ । यस प्रबद्धनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक बृद्धिमा सहयोग पु¥याउछ भन्नेमा हामी विश्वस्त छौ ।”


यसको साथै, नेपालमा जजीरा एयरवेजको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पु¥याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण (caan) प्रति जजीरा एयरवेज हार्दिक कृतज्ञता प्रकट गर्दछ ।
 

बुधबार, १७ फागुन २०७९, १२ : ४३

प्रतिक्रिया