महिन्द्राको दुई नयाँ एसयूभी आउँदै

बुधबार, १७ फागुन २०७९, १३ : ५०

काठमाडौं- भारतीय एसयूभी एक्स्पर्ट महिन्द्रा एण्ड महिन्द्राले सन् २०२३ मा दुई नयाँ एसयूभी लन्च गर्ने भएको छ ।

 कम्पनीले महिन्द्रा बोलेरो नियो प्लस र फाइभ डोर महिन्द्रा थार सार्वजनिक गर्ने तयारी गरेको हो ।

सन् २०२३ को सुरुवातमा मै एक्सयूभी ४०० इलेक्ट्रीक बजारमा ल्याएको महिन्द्राले थप दुई मोडलसँगै आफ्नो एसयूभी लाइनअपमा बलियो उपस्थिति जनाउने देखिएको हो ।

कम्पनीले अब ल्याउने भनिएको एसयूभीहरु यसअघि बजारमा उपलब्ध थार र बलेरो नियोमा आधारित रहने भएपनि साइज र फिचरमा भने फरक रहने अनुमान गर्न सकिन्छ ।

बुधबार, १७ फागुन २०७९, १३ : ५०

प्रतिक्रिया