टाटा मोटर्सको भेहिकल स्क्रायापिङ सेन्टर भारतमा

बुधबार, १७ फागुन २०७९, १५ : ०५

काठमाडौं-  टाटा मोटर्सले भारतमा पहिलो पटक आफ्नो भेहिकल स्क्रायापिङ सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले भारत राजस्थानको जयपुरमा ‘रिसाइकल विथ रेस्पेक्ट’ सेवाको सुरूआत गरेको हो ।

यसले एक वर्षको अवधिमा १५ हजार युनिट सवारी साधन स्क्रयाप गर्ने क्षमता राख्छ । टाटा मोटर्सको साझेदार गङ्गानगर वाहन उद्योग प्रालिले उक्त स्क्रयाप सेन्टरको निर्माण गरी संचालनमा ल्याएको हो ।

टाटाको सहकार्यमा निर्माण र संचालनमा आएको यस स्क्रयापिङ सेन्टरमा सबै ब्रान्डका प्यासेन्जर र कमर्सियल गाडी स्क्रयाप गर्न सकिने कम्पनीले जनाएका छ ।


यसैबीच, यो सुविधाले पुराना र संचालनमा आउन नसक्ने भएका सवारीसाधनको सुरक्षित र दिगो तरिकाले पत्रुमा परिवर्तन गर्ने छ । विश्वस्तरीय प्रणाली प्रयोग भएको कारण यो कार्य वातावरणमैत्री रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार रिसाइकल विथ रेस्पेक्ट सुविधा पूर्णरूपमा डिजिटल र पेपरलेस रहेको छ । यसमा टायर, ब्याट्री, पेट्रोल, तेल, तरल पदार्थ र ग्यास लगायतका कम्पोनेन्टको सुरक्षित ब्रेक डाउनका लागि विशिष्ट स्टेशनहरू निर्माण गरिएको छ ।

यसमा प्यासेन्जर र कमर्सियल सवारीसाधनको लागि एसओपी बमोजिम स्क्रायाप गर्नु पूर्व सवारी साधनको विस्तृत कागजात र डिसेम्बली प्रक्रिया पूरा गरिन्छ ।

बुधबार, १७ फागुन २०७९, १५ : ०५

प्रतिक्रिया