काठमाडौँ – विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोश्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा अहिले यो मुल्यमा उपलब्ध फोनहरु मध्य यो मात्र यस्तो फोन हो जसमा मेडियाटेक हेलियो जी९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ, त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ । नेपाली बजारमा अहिले यो ८ जिबी ¥याम र १२८ जिबि रोमको स्टोरेज अप्सनमा उपलब्ध रहेको छ भने मुल्य रु.२९,९९९÷ रहेको छ ।
नेपाली बजारमा स्लिम मोडेलको रुपमा लन्च गरिएको यस ब्राण्डमा विभिन्न सुविधाहरु थपेर ग्राहकको लागि लोकप्रिय बनाइएको कम्पनिले जनाएको छ ।
प्रतिक्रिया