सिजी ब्रान्डले सुरु गर्यो फ्रि एसी सर्भिस क्याम्पः

विहीबार, १८ फागुन २०७९, १७ : ०३

काठमाडौँ- पुरानोमा एक्सचेन्ज सुविधा, नयाँमा विशेष अफर नेपालकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स र नं.१ ब्राण्ड सिजीले फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ ।

 कम्पनीले फागुन १५ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्यभरी फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको हो । 

उक्त क्याम्पमा तपाईहरूको घरमा रहेको कुनै पनि ब्राण्डको एसी बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ । 

कुनै पनि ब्राण्डको पुराना एसीलाई बिना शुल्क मर्मत तथा एक्सचेन्ज गरी तपाईहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले उक्त क्याम्प सञ्चालन गरिएको कम्पनीले जनाएको छ । 

क्याम्पमा तपाईहरूले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसीसँग सिजी ब्राण्डको नयाँ एसी साट्न सक्नुहुनेछ । एक्सचेन्ज गर्दा तपाईहरूको एसीको उचित मूल्याङ्कन गरी तपाईको घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो । 

यति मात्र नभएर तपाईले नयाँ एसी खरिद गर्न चाहेमा सिजीका कुनै पनि एसी लिदा २० प्रतिशतसम्मको विशेष छुट रहेको छ । ती एसीहरूमा पाँच बर्षको कम्प्रेसर वारेन्टीसमेत दिइनेछ । 

एसीको स्पेयरपार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ । यी सबै सुविधाहरू लिनको लागि तपाईले ९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा फोन गर्न कम्पनीले आग्रह गरेको छ । 


 

विहीबार, १८ फागुन २०७९, १७ : ०३

प्रतिक्रिया