काठमाडौँ - नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्क्यान टु विन अफर’ सञ्चालनमा ल्याएको छ । उक्त अफरअन्तर्गत इसेवाको मोबाइल एप्स्मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्नेछन् ।
यसैगरी सो अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्नेछन् । साथै साथै १० हजाले एक हजार सम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सक्नेछन् ।
सो उपहार योजनामा सहभागी हुनको लागि इसेवा मोबाइल एप्समार्फत क्यूआर स्क्यान पे गर्नुपर्नेछ । साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टाभित्र सोही रकम प्राप्त गर्न सकिनेछ ।
यसैगरी रेडमी वाच २ लाईट स्मार्ट वाचका विजेताको पनि हरेक विहिवार घोषणा गरिनेछ । यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिनेछ । इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स्मार्फत सेवा प्रदान गरिरहेको छ ।
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढी एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ ।
प्रतिक्रिया