काठमाडौँ - एक कार्यक्रममा बहुराष्ट्रिय कम्पनी हायरले नेपाली बजारमा आफ्नो नया प्रोडक्ट लाइनअपको रुपमा माइक्रोवेभ ओभन लाइए भित्राएको छ। कम्पनीले विहिवार राजधानीमा आयोजित नेपाल भरिका १०० भन्दा बढी द्वित्तरहरुको उपस्थिति बीच नया रेन्जका माइक्रोवेभ ओभन सार्वजनिक गरेको हो ।
आफ्नो उच्च प्रविधिले भरिएका स्तरीय र प्राविधिक रूपमा विशिष्ट उत्पादनहरु मार्फत हायर विश्व बजारमा निकै लामो समयदेखि लगातार नम्बर १ सी उपकरण ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ । विश्व भरीका ग्राहकहरुको चाहाना र आवश्यकतालाई संबोधन गर्न कम्पनीले आफ्नो मुख्य उत्पादनको रूपमा रेफिजेरेटर, वाशिङ्गमेशिन, टेलिभिजन, चेस्टफ्रिज, ए.सी. वाटरहिटर लगायतका विभिन्न सामग्रीहरु बजारमा उपलब्ध गराउदै आएको छ ।
हायरको लागी नेपालको एकमात्र आधिकारीक वितरक नियोटेरिक नेपालले माइक्रोवेभ सार्वजनिक गर्ने कममा हायर एप्लायन्स इन्डियाका निर्देशक मोहित भत्करले भने “हामी विश्व भर १६० भन्दा बढी देशहरुमा पहुँच विस्तार गर्दै एप्लायन्स प्रोडक्टमा लगातार १४ वर्ष नम्बर १ ब्रान्डको रुपमा स्थापित हुन सफल भएका छौं ।” हालै सम्पन्न एक कार्यक्रममा भारतको सर्वाधिक बिजुली किफायती रेफ्रिजेरेटर अवार्ड जित्न सफल भएकोमा हामी गौरवान्वित भएका छौं। त्यसैगरी नेपाल पनि वितरण सञ्जाललाई विस्तार गर्दै ग्राहकहरुको मन जित्दै अझ धेरै सफल हुनेमा हामी विश्वस्त छौं । नेपाल भरि नै फराकिलो वितरण संजाल भएको नियोटेरिक नेपालले हायरको भिजन अनुरुप नै काम गर्न सफल भएकोमा हामी एकदम खुसी छौं । हालसम्म प्राप्त सफलतालाई मध्य नजर गर्दै आगामी दिनहरुमा अझै धेरै नँया उत्पादनहरु नेपाली बजारमा ल्याउने योजनामा पनि छौं । त्यस्तै यस Haier Channel Partner Meet 2023 ले डिलरहरु बीच सम्बन्ध विस्तार, अनुभव आदानप्रदान गर्न मात्र नभई उत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको छ ।
हायरका लागी नियोटेरिक नेपालका महाप्रबन्धक भाष्कर मुनकर्मीले नेपालमै पहिलो Haier Channel Partner Meet आयोजना गर्न पाउंदा आफुहरु एकदमै उत्साहित भएको बताए । उनले भने “हाम्रा सम्पूर्ण डिलर, अतिथि र सहभागी सम्पूर्णलाई कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
प्रतिक्रिया