काठमाडौं- नेपालको लागि किया मोटर्सको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया कारेन्स अर्को हप्ताबाट नेपालमा विक्री सुरु गर्ने भएको छ ।
दक्षिण कोरियाली कम्पनीले भारतमा उत्पादन गरेको एमपीभी कारेन्स सम्भवत मार्च ११ तारिखबाट नेपालमा विक्री सुरु हुनेछ ।
कियाले सेल्टोस र सोनेटपछि भारतमा निर्माण गरेको तेस्रो मोडल कारेन्स हो । ७ सिट क्षमताको कारेन्सलाई कम्पनीले सोनेटको प्लेटफर्ममा बनाएको हो ।
भारतीय बजारमा १ वर्ष अगाडिदेखि बिक्री हुँदै आएको कारेन्स विभिन्न ५ भेरियन्टमा उपलब्ध छ । नेपालमा भने कति भेरियन्ट उपलब्ध हुन्छ, त्यसको जानकारी प्राप्त भएको छैन । कियाको टाइगर नोज डिजाइनको फ्रन्ट फेसिया रहेको कारेन्स अत्याधुनिक फिचरहरुले लोडेड रहेको छ ।
कियाले कारेन्समा डिजिटल कन्सोलका साथै वायलेस एप्पल कार प्ले तथा एन्ड्रोइड अटो दिएको छ । कनेक्टेड कार टेक भएको १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र बोसको ८ वटा स्पीकरले इन्टरटेन्टमेन्टलाई निकै सहयोग गरेको छ ।
अन्य फिचरको रुपमा रियर भ्यू क्यामरा, इलेक्ट्रीकल्ली एड्जस्टेवल ओराभीएम, स्टेरिङ माउण्टेड कन्ट्रोल सिस्टम, भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जर, ६४ फारक कलरसहितको एम्वीयन्ट लाइट दिइएको छ ।
स्वच्छ हावाको लागि एयर प्यूरीफायर, अगाडि र पछाडि नै दिइएको पार्किङ सेन्सर, अटोमेटीक एसी जस्ता फिचरले यसलाई निकै प्रिमियम बनाएको छ ।
कियाले यसलाई सुरक्षीत बनाउन ६ वटा एयरव्याग, एबीएस ब्रेकिङ सिस्टम, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटर, भेहिकल स्टेविलीटी मेनेजमेन्ट, डाइनामीक ब्रेक कन्ट्रोल, अल ह्वील डिस ब्रेक, हिल असिस्ट जस्ता आधुनिक फिचर प्रदान गरेको छ ।
भारतमा पेट्रोल र डिजेल इन्जिन अप्सनमा उपलब्ध कारेन्स नेपालमा भने १.५ लिटरको पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ । यो इन्जिनले ११५ पीएस पावर तथा १४४ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स र ७ स्पीड डिसीटी गियरबक्स छनोट गर्न सकिने छ ।
प्रतिक्रिया