काठमाडौं- नेपाली बजारमा सर्वाधिक विक्री हुने १२५ सीसी मोटरसाइकल साइनको मूल्य २ लाख ८३ हजार ९०० रुपैयाँ पुगेको छ ।
कम्पनीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार यसको होन्डा साइनको टप भेरियन्ट साइन एसपी डीएसएसको मूल्य ३ लाख ८३ हजार ९०० रुपैयाँ पुगेको हो ।
कम्पनीले होन्डा साइनको ४ भेरियन्ट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । जसमध्ये सबैभन्दा कम मूल्य भएको सीबी साइन डिआरएसको मूल्य २ लाख ५३ हजार ९०० रुपैयाँ छ ।
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले ५ मोडलका ९ भेरियन्ट मोटरसाइकल तथा ३ मोडलका ९ भेरियन्टका स्कुटर विक्री वितरण गर्दै आएको छ ।
कम्पनीले विक्री गर्ने सीडी ११० ड्रिम सबैभन्दा कम मूल्यको मोटरसाइकल हो । साथै, होन्डा हर्नेट २।० सबैभन्दा धेरै मूल्यको कम्युटर मोटरसाइकल हो । कम्पनीले विक्री गर्ने विग बाइक सेग्मेन्टमा भने १७ लाख रुपैयाँसम्मका मोटरसाइकल रहेका छन् ।
त्यस्तै कम्पनीको सर्वाधिक चर्चित स्कुटर होन्डा डिओ सबैभन्दा कम मूल्यको स्कुटर हो भने, ग्राजिया १२५ बीएस ६ भेरियन्ट सबैभन्दा धेरै मूल्यको स्कुटर हो ।
प्रतिक्रिया