टाटा मोटर्सद्धारा ५० लाख युनिट कार उत्पादन

शुक्रबार, १९ फागुन २०७९, १४ : २६

काठमाडौं- टाटा मोटर्सले ५० लाख युनिट कार उत्पादन पुरा गरेको छ ।

 आफ्नो उत्पादन ५० लाख यूनिट पुरा भएको खुसियाली टाटाले आफ्ना प्लान्टमा महिनौंसम्म उत्सवको रुपमा मनाउने भएको हो ।

कम्पनीले विगत ५ देखि ६ वर्षदेखि आफ्नो सवारीको बिक्री भोल्युममा निकै ठूलो सफलता पाउँदै आएको थियो । सन् २०२१ बाट टाटाले आफ्नो नयाँ मोडलहरुको उत्पादन बढाउँदै निरन्तर भारतको तेस्रो ठूलो उत्पादकको रुपमा आफुलाई स्थापित गर्दै आएको छ ।

सन् १९९१ बाट कार उत्पादनमा हातहालेको टाटाले सन् २००४मा १० लाख युनिट कार उत्पादन गरेको थियो । सन् २०१० सम्म आइपुग्दा २० लाख युनिट उत्पादन गरेको कम्पनीले सन् २०१५ मा ३० लाख यूनिट उत्पादन गरेको थियो ।


सन् २०२३ को फेब्रुअरी सम्ममा थप २० लाख यूनिट कार उत्पादन गर्दै ५० लाख यूनिट कार उत्पादन पुरा गरेको हो । कम्पनीले झण्डै ३२ वर्षमा ५० लाख यूनिट कार बनाएको हो ।

अहिले टाटासँग आफ्नो पोर्टफोलियोमा टियागो ह्याचव्याक, टिगोर कम्प्याक्ट सेडान, अल्ट्रोज प्रिमियम ह्याचब्याक, पञ्च माईक्रो एसयूभी, नेक्सन कम्प्याक्ट एसयूभी, ह्यारियर र सफारी मिडसाइज एसयूभी छन् ।

टाटाले जीपट्रोन प्रविधि प्रयोग गरेर आफ्ना रेगुलर कारलाई क्रमशः विद्युतीय बनाउँदै आएको छ । अहिले कम्पनीले नेक्सन, टिगोर र टियागोलाई ईभीमा पनि विक्री गरिरहेको छ । झाँडै ह्यारीयर लगायतका मोडल आउने जनाएको छ ।

टाटाका उत्पादन नेपाली बजारमा पनि विक्री वितरण हुँदै आएका छन् । पछिल्लो समय टाटाको नेक्सन ईभी सर्वाधिक सफल मोडलको पहिचान बनाउन सफल भएको छ । विगतदेखि नै टाटाका कार सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा विक्री गर्दै आएको छ ।

शुक्रबार, १९ फागुन २०७९, १४ : २६

प्रतिक्रिया