आईएमई पेको नयाँ सुविधा

शुक्रबार, १९ फागुन २०७९, १७ : ४०

काठमाण्डौँ - आइएमई पेले यो वर्षको होलीका लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भई ती इभेन्टहरुको टिकट प्रदायकका रुपमा रहने जानकारी सार्वजनिक गरेको छ।

ग्राहकलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको हो। आइएमई पेमा  ग्राहकले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन्। 

  

शुक्रबार, १९ फागुन २०७९, १७ : ४०

प्रतिक्रिया