नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

शनिबार, २० फागुन २०७९, १७ : १०

 काठमाडौं - शनिबार नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो स्थापना दिवसको अवसरमा २० औं वार्षिकोत्सव एवं रजत जयन्ती मनाएको छ। स्थापनाको २० वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रविधि विकासको हरेक क्षेत्रमा काम भइरहेको बताएका छन्।

उनले २०५३ सालको दूरसञ्चार ऐनलाई समय सापेक्ष बनाउनका लागि नयाँ मस्यौदा तयार पारिएको बताएका छन् । यस्तै उनले सूचना महामार्ग र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काम निरन्तर अघि बढिरहेको बताएका छन् ।

यस्तै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापनाका लागि पनि प्राधिकरणले प्रक्रिया अघि बढाएको बताएका छन् । खासगरी इन्टरनेटका अव्यवस्थित तारहरुले समस्याग्रस्त स्थिती समाधानका लागि दूरसञ्चार पूर्वाधार कम्पनीको प्रक्रिया अघि बढाइएको उनले बताए।

शनिबार, २० फागुन २०७९, १७ : १०

प्रतिक्रिया