बेको निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज सुविधा

आइतबार, २१ फागुन २०७९, १३ : १८

काठमाडौँ - ए.सी.का ग्राहकहरूले निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज सुविधा पाउने भएका छन् । युरोपकै ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले फागुन १५देखि सीमित अवधिको लागि सञ्चालन गरेको निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्पमा उक्त अफर सुविधा पाउने भएका हुन् । 

सो योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको ए.सी.मा निःशुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.को उचित मूल्याङ्कनका साथ बेकोको उच्च गुणस्तरीय ए.सी.सँग साट्न सक्नेछन् ।

नयाँ बेको ए।सी।हरूमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ।  साथै कम्पनीले ए।सी।को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको ए।सी। खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ ।

 नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारीक विक्रेता सि.जी.इलेक्ट्रोनिक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उट्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । 

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी  र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् । 

आइतबार, २१ फागुन २०७९, १३ : १८

प्रतिक्रिया