आयात खुलेसँगै नेपाल आए ६ नयाँ मोडल

आइतबार, २१ फागुन २०७९, १३ : २९

काठमाडौं-  नेपाल सरकारले २०७९ वैशाख १४ गतेदेखि मंसिर मसान्तसम्म निजी प्रयोजनको लागि आउने पेट्रोलियम पदार्थबाट चल्ने कार, जीप, भ्यान लगायत सवारीसाधन आयात प्रतिबन्ध लगाएको कारण नयाँ मोडल आउन पाएको थिएन ।

सरकारले पुष १ गतेबाट आयात खुल्ला गरेसँगै नयाँ नयाँ मोडल नेपाल आउन थालेका छन् । पुसमा कुनै पनि ब्राण्डले नयाँ मोडल नल्याएपनि माघबाट भने नयाँ मोडल नेपाल आउन थालेका छन् । माघपछि अहिलेसम्म विभिन्न ब्राण्डले ६ नयाँ मोडल नेपाल ल्याएका छन् ।

लामो आयात प्रतिबन्ध खुल्ला भएसँगै सबैभन्दा पहिला नेपाल आएको मोडल हुन्डाई भेन्यू फेसलिफ्ट हो । त्यसपछि महिन्द्राको एक्सयूभी७००, फोर्ड एभरेष्ट, सुजुकीको ग्रान्ड भिटारा, हुन्डाई ग्रान्ड आइ१० नियोस र जीप मेरिडियन नेपाल आइसकेका छन् ।

अहिले सम्म नेपाल भित्रिएका गाडिहरु :
.हुन्डाई भेन्यू फेसलिफ्ट
.महिन्द्रा एक्सयूभी–७००
.जीप मेरिडियन
.फोर्ड एभरेष्ट
.सुजुकी ग्रान्ड भिटारा
.हुन्डाई ग्रान्ड आइ१० नियोस

आइतबार, २१ फागुन २०७९, १३ : २९

प्रतिक्रिया