काठमाडौं- भारतीय बजारमा बजाज अटोले २०२३ मोडल चेतकको प्रिमियम भर्सन सार्वजनिक गरेको छ।
कम्पनीले १ लाख ५२ हजार भारतीय रुपैयाँ मूल्य (एक्स शोरूम) निर्धारण गर्दै यो स्कुटर सार्वजनिक गरेको हो ।
यो स्कुटर म्याट क्यारेबियन ब्लु, स्याटिन ब्ल्याक र म्याट कोअर्स ग्रे गरी विभिन्न तीन कलर अप्सनमा उपलब्ध गराइएको छ ।
यसमा डुअल टोन सिट, बडी कलरमा झैँ फिनिसिङ गरिएको रियरभ्यु मिरर र नयाँ रङ्ग प्रयोग एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल पाउन सकिन्छ । यसको हेडल्याम्पमा चारकोल कालो फिनिस दिइएको छ ।
अन्य हाइलाइटहरुमा यसमा ह्वाइट रिम स्टिकरसहितको मल्टि स्पोक ब्ल्याक अलोय ह्विल, ब्ल्याक सिंगल पीस सिट, पुरानो मोडल चेतकबाट लिइएको स्टाइलिङ क्यू लगायत रहेका छन् ।
कम्पनीले पछिल्लो दिनहरूमा बिक्री सङ्ख्यामा वृद्धि भएको बताउँदै एक महिनाको अवधिमा कुल १० हजार युनिट सवारी उत्पादन गरेको जनाएको छ । यसैबीच, २०२३ मोडल बजाज चेतकको प्रिमियम एडिसनको डेलिभरी अर्को महिनादेखि सुरु हुने समेत कम्पनीले बताएको छ।
प्रतिक्रिया