प्योर इलेक्ट्रीक कारको विक्री बढाउँदै बीवाइडी

आइतबार, २१ फागुन २०७९, १३ : ३९

काठमाडौं-  सन् २०२२ मा १८ लाख युनिट न्यू इनर्जी भेहिकल विक्री गर्न सफल बीवाइडीले यस वर्षको दोस्रो महिनामा १ लाख ९३ हजार ६५५ युनिट गाडी विक्री गरेको छ ।

 उक्त विक्री आंकडामा १ लाख ९१ हजार ६६४ युनिट प्यासेन्जर कार र १ हजार ९९१ युनिट कमर्शियल भेहिकल छन् ।

कम्पनीले विक्री गरेको गाडीको संख्या अघिल्लो जनवरी महिनाको तुलनामा २८ प्रतिशतले बढी हो । जनवरीमा चाइनामा नयाँ वर्षको लामो विदा भएका कारण बीवाइडीको विक्री १ लाख ५० हजार १६४ युनिट भएको थियो ।

फेब्रुअरीमा बीवाइडीले ९० हजार ६३९ युनिट ब्याट्री इलेक्ट्रीक भेहिकल विक्री गरेको देखिन्छ । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ११० प्रतिशतले बढी हो । अघिल्लो वर्षको फेब्रुअरीमा कम्पनीले ४३ हजार १७३ युनिट ईभी विक्री गरेको थियो ।


कम्पनीले फेब्रुअरीमा विक्री गरेको अरु १ लाख १ हजार २५ युनिट गाडी भने प्लग इन हाइब्रिड हुन् । चीनमा प्लगइन हाइब्रिड गाडीलाई पनि न्यू इनर्जी भेहिकलमा गणना गरिन्छ ।
बीवाइडीले फेब्रुअरीमा १५ हजार २ युनिट कारहरु विदेशमा निकासी गरेको छ । जुन अघिल्लो जनवरीको १० हजार ४०९ युनिटको तुलनामा ४४.१३ प्रतिशतले बढी हो । पछिल्लो समयमा बीवाईडीले नेपाल, भारत, जापान, अष्ट्रेलीया, थाइल्याण्ड, लाओस लगायत देशहरुमा निकासी गरिरहेको छ ।

चाइनाको ठूलो न्यू इनर्जी भेहिकल उत्पादकको साथै बीवाइडी चीनको दास्रो ठूलो ब्याट्री उत्पादक कम्पनी समेत हो । बीवाइडीको फेब्रुअरीको ब्याट्री इनर्जी स्टोरेज क्यापासिटी ८.९५२ गिगावाट आवर रहेको छ । जुन अघिल्लो वर्षको समिक्षा महिनाको ४.६१५ गिगावाट आवरको तुलनामा ९३.९८ प्रतिशतले बढि हो ।

आइतबार, २१ फागुन २०७९, १३ : ३९

प्रतिक्रिया