काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ८५ पैसा र बिक्रीमा १३१ रुपैयाँ ४५ पैसा, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
यसैगरी क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ६९ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९ रुपैयाँ ६७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३५ रुपैयाँ २ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पैसा छ ।
प्रतिक्रिया