अल्फा अटोमोटिभले रिसेस राइड सम्पन्न

मंगलबार, २३ फागुन २०७९, १२ : २३

काठमाडौं- रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले रिसेस राइड सम्पन्न गरेको छ ।

 सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले वताएको छ ।


फाल्गुन १९ गते विहान ६ बजे रोयल इनफिल्डको नक्साल सोरूमबाट सुरु भएको सो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनी–बेनिघाट–कुरिन्टार–मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदै सोही दिन बन्दीपुर पुगेको थियो । कार्यक्रममा ५६ जना राइडरको सहभागिता रहेको थियो ।

बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो । फागुन २० गते बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ–आफ्नै गन्तव्यमा फर्किएसंगै कार्यक्रम समापन भएको थियो ।

मंगलबार, २३ फागुन २०७९, १२ : २३

प्रतिक्रिया