काठमाडौं- होन्डाले नयाँ क्याफे रेसर बाइक सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
कम्पनीले सिबी ३५० आरएसमा आधारित सिबी ३५० क्याफे रेसर मोडल ल्याउने भएको हो ।
कम्पनीले यसमा ३४८ सीसी सिङ्गल सिलिन्डर इन्जिन दिने अनुमान गरिएको छ । यो इन्जिनले २१ पीएस र ३० एनएम टर्क प्रदान गर्छ । होन्डाले यसअघि यो इन्जिन सिबी हाइनेस र आरएस मोडलमा दिइसकेको छ ।
नयाँ होन्डा सिबी ३५० क्याफे बाइकबारे हाल विस्तृत विवरण बाहिरिएको छैन । तर, बाहिर आएको एक रिपोर्ट अनुसार यो बाइकमा सिङ्गल सिट मात्र हुनेछ । यसमा कोल हेडलाइट, कोल टेल लाइट रहने छ ।
नयाँ सिबी ३५० क्याफे रेसर बाइकको मूल्य भने सुरुवाती २ लाख १५ लाखदेखि २ लाख २० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया