काठमाडौं- सेगवेका इलेक्ट्रीकले होलीको अवसरमा विशेष अफर ल्याएको छ ।
नेपालका लागि सेगवे नाइनवटको आधिकारिक विक्रेता कम्पनी आइ हब प्रालिले होली अवसरमा नगद छुटका साथै शून्य ब्याजदरमा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो ।
यो योजना अन्तर्गत ग्राहकले सेगवेको इलेक्ट्रीक स्कुटर ई १०० मोडलको खरिदमा २० हजार रुपैयाँसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, अन्य मोडलमा भने १० हजार रुपैयाँसम्मको नगद छुट दिने व्यवस्था गरिएको छ ।
साथै, यो स्कीममा एक्स्चेन्ज तथा फाइनान्स सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । फाइनान्स सुविधा अन्तगत ग्राहकले ब्याज नलाग्ने स्कीममा समेत सेगवेका स्कुटर खरिद गर्न सक्नेछन् ।
पछिल्लो समय नेपालमा सेगवे नाइनवटका ४ वटा मोडलका स्कुटर विक्रीवितरण हुँदै आएको छ । जसअन्तर्गत ई १००, एन १००, ई ११० एल र ई १२५ रहेका छन् । यी स्कुटरको मूल्य क्रमशः २ लाख ९१ हजार, २ लाख ६० हजार, ३ लाख ६५ हजार र ३ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया