काठमाडौँ- स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउने भएको छ ।
नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले यो नयाँ मोडलको शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ निर्धारण गरेर वुकिङ खूल्ला गरेको छ । यसको टप भेरिएन्टलाई भने ७४ लाख ९० हजार पर्ने कम्पनी स्रोतको भनाई छ । कुशाक २०२३ मोडल नेपाल आइपुग्न २० दिनजति लाग्ने उक्त स्रोतले नेपाल अटोलाई वताएको छ ।
सव कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो उपस्थिती जनाउँदै आएको कुशाकमा १।० लिटर टिएसआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ११५ पिएस र टर्क १७५ एनएम रहेको छ । यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।
रोबस्ट र मस्कुलर लुकका कारण नेपाली एसयूभी प्रेमीको मन जित्न सफल यसको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प दिइएको छ । साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल उपलब्ध छ । कुशाकमा १०।० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्विएन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सब वुफरसहितको सिक्स स्पिकर लगायत फिचर पाउन सकिन्छ ।
ःयतयचजभबम
ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल यो एसयूभीमा ६ वटा एयर ब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम लगायत फिचर दिइएको छ । साथै यसमा इएससी, टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट लगायत सेफ्टी फिचर पनि सामेल गरिएको छ ।
प्रतिक्रिया