काठमाडौं- भारतीय मोटरसाइकल कम्पनी हिरोले सुपर स्प्लेन्डरको २०२३ भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीले स्मार्ट कनेक्ट फिचरसहितको सुपर स्प्लेन्डर सार्वजनिक गरेको हो । कम्पनीले विभिन्न फिचरहरू परिमार्जन गरेर २०२३ भर्सन सुपर स्प्लेन्डर एक्सटेक सार्वजनिक गरेको हो ।
सुपर स्प्लेन्डर एक्सटेकमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल लाइट दिइएको छ । यसको टर्न इन्डिकेटर र टेल ल्याम्प भने हलोजीन बल्बमा पाउन सकिन्छ । कम्पनीले नयाँ बाइकमा हेडल्याम्प काउल र भाइजर पनि अपडेट गरेको छ।
कम्पनीले नयाँ भर्सनमा स्मार्ट कनेन्ट फिचरसहितको फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको डिजिटल स्पिडोमिटर पाउन सकिन्छ । यसमा कल अर्लट तथा एसएमएस अर्लट नोटिफिकेशन पाउन सकिन्छ ।
यसका साथै, चालकले रियल टाइम माइलेज, साइड स्ट्यान्डका इन्डिकेसन, हाई बिम र फ्युल कम भए नभएको पनि हेर्न सकिन्छ । यसमा यूएसबी चार्जिङ पोर्ट पनि पाउन सकिन्छ ।
कम्पनीले यसको इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन् । यो बाइकमा १२४।७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यसले अधिकतम १०।७ बीएचपी र १०।६ एनएम पीक टर्क जेनेरेट गर्छ। यसलाई ५ स्पीड गियरबक्ससँग जडान गरिएको छ ।
प्रतिक्रिया