काठमाडौं- भारतको गोवामा हालै सम्पन्न मोटोशोल २०२३ मा विभिन्न ४ अवतारमा टीभीएस रोनीन मोटरसाइकल देखिएको छ ।
भारतीय मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले परिमार्जन सहितको ४ भेरियन्टमा रोनिन मोटरसाइकल प्रदर्शन गरेको हो ।
कम्पनीले प्रदर्शन गरेको सबै भेरियन्टको आ(आफ्नै यूनिक डिजाइनमा प्रदर्शीत गरेको छ । कम्पनी परिमार्जन गरेर देखाएको रोनीन नाम पनि फरक दिएको छ । एगोण्डा, मुसाशी, वाकिजाशी र एसआरसी नाम दिएर फरक ४ मोडल देखाइएको हो ।
यी मध्ये एसआरसी स्क्रयाम्वलर डिजाइनमा देखाइएको हो । कस्टोमाइज्ड रोनीन एसआरसीमा अफरोड क्षमताका वृद्धिका लागि सेमी नोबी सिन्को टायरका साथै स्पोक ह्वील दिएको छ । टीभीएस रोनीनमा भने अलोय ह्वीलका साथै अनरोड टायरमा उपलब्ध छ ।
रोनीन एसआरसीमा हाई माउन्ट डबल एक्जष्ट दिइएको छ, यसको एआरसीलाई पूर्णता स्क्रयाम्वलर लुक दिएको छ ।
यसका अलावा कस्मेटीक परिवर्तनहरु रोनीन एसआरसीमा पाउन सकिन्छ । नयाँ डिजाइनको सिट, नयाँ बडी वर्क र परिमार्जनसहितको एलइडी हेडल्याम्पले एसआरसीलाई स्टाइलिस देखाएको छ ।
प्रतिक्रिया