टाटा नेक्सनको ‘एडास’ फिचर सहित फेसलिफ्ट मोडल आउँदै

विहीबार, २५ फागुन २०७९, १४ : ५४

काठमाडौं-  टाटा मोटर्सले आफ्नो नयाँ नेक्सन फेसलिफ्ट मोडलमा सुरक्षाका थप नयाँ फिचरसहित सार्वजनिक गर्ने भएको छ ।

 कम्पनीले आफ्नो सब फोर मिटर एसयूभी नेक्सनमा ‘एडास’ फिचर (एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम) उपलब्ध गराउने भएको हो ।

नेक्सन फेसलिफ्टको भारतका सडकमा परीक्षणका क्रममा  देखिएको छ। कम्पनीले नयाँ नेक्सनमा बाहिरी भागमा पनि केही सुधार गरेको देख्न सकिन्छ । यसमा नयाँ वारपारसम्मको एलईडी डीआरएल सेटअप, हेडलाइट पोजिसनिङ, बम्पर डिजाइन दिइएको छ । यो गाडीमा नयाँ अलोय पाउन सकिन्छ भने पछाडिको भागको बम्परमा पनि केही सुधार गरिएको छ ।

त्यसैगरी, यसको इन्टेरियरमा १०.२५ इन्चको फराकिलो टचस्क्रीन सिस्टम दिइएको छ । यसमा ७ इन्चको नयाँ डिजिटल इन्स्ट्रुमेन्ट टीएफटी क्लस्टर पाउन सकिन्छ ।


टाटाले एडीएएस प्रविधि आफ्नो नयाँ फ्ल्यागशिप एसयूभीको रेड डार्क एडिसन मात्र दिएको छ। यो प्रविधिले अटो इमर्जेन्सी ब्रेकिङ (एईबी), फर्वार्ड कोलिजन वार्निङ (एफसीडब्ल्यू), रियर कोलाजिन वार्निङ (आरसीडब्ल्यू), रियर क्रस ट्राफिक अलर्ट (आरसीटीए), ब्लाइन्ड स्पट डिटेक्शन (बीएसडी), लेन डिपार्चर वार्निङ (एलडीडब्ल्यू), लेन चेन्ज अलर्ट (एलसीए) लगायत सुविधा प्रदान गर्दछ।

नेक्सन फेसलिफ्ट मोडलमा पहिलेकै १.५ लिटर डिजल इन्जिन हुनेछ । यसमा १.२ लिटर टर्बो पेट्रोल मोटर थप पावरका लागि ट्युन गरिनेछ। यसले अधिकतम १२५ बीएचपी र २२५ एनएम टर्क प्रदान गर्दछ । टाटा नेक्सन फेसलिफ्ट २०२३ को अन्त्यसम्ममा लन्च हुने सम्भावना छ।

नेक्सन गत वर्ष नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुन सफल कम्प्याक्ट एसयूभी मोडल हो । यसलाई सिप्रदी ट्रेडिङ प्रालिले आधिकारिक रुपमा विक्री वितरण गर्दै आएको छ । नेक्सनको ईभी नेपालमा निकै रुचाइएको मोडल हो । यसको फेसलिफ्ट भर्सनमा पनि नेपाल छिटै आउनेछ ।

विहीबार, २५ फागुन २०७९, १४ : ५४

प्रतिक्रिया