उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक

शुक्रबार, २६ फागुन २०७९, १२ : २०

काठमाडौँ- उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

 निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि ९शनिबार० बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको हो। 

भोलि नै उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने व्यवस्था समेत गरिएको छ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने आयोगले जनाएको छ । 

चैत ३ गते उपराष्ट्रपतिको मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी ९जसपा०का रामसहायप्रसाद यादव उम्मेदवार बन्ने भएका छन् । जसपाको हिजो बिहिबार बसेको बैठकले उनलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको हो । यसअघि सत्ता गठबन्धनमा जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने सहमति भइसकेको छ ।

शुक्रबार, २६ फागुन २०७९, १२ : २०

प्रतिक्रिया