चिनियाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर अब नेपालमा

शुक्रबार, २६ फागुन २०७९, १६ : ३३

काठमाडौँ – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्रिएको छ । चाइनिज ब्रान्ड स्लेनको एन९० मोडल नेपाली बजारमा जमुनी अटो सेन्टर प्रालिले भित्र्याएको हो । यसलाई वुजी जितोङ अटोसाइकल कम्पनीले उत्पादन गरेको हो ।

 सो इलेक्ट्रिक स्कुटरको रेटेड पावर ३ हजार वाट र पिक पावर ३ हजार ५ सय वाट छ । यो इलेक्ट्रिक स्कुटर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको कम्पनीको दावी छ ।

त्यसैगरी यसमा ७२ भोल्ट ५२ एएचको लिथियम आयोन ब्याट्री छ, जसले सिंगल चार्जमा १२० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । यसको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा छ ।

निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू र चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको कम्पनीले जनाएको छ ।

स्लेनका इलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्। स्लेन इलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ।

 यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हाल २५ हजार छुटमा सो स्कुटर उपलब्ध भएको कम्पनीको भनाइ छ ।

शुक्रबार, २६ फागुन २०७९, १६ : ३३

प्रतिक्रिया