उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धन आवद्ध तीन दलको दाबी, निर्णय गर्न बैठक जारी

शनिबार, २७ फागुन २०७९, १० : २४

काठमाडौं - उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने सत्तारुढ गठबन्धनकाे बैठक जारी छ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको बैठकले गठबन्धनको तर्फवाट उम्मेदवार टुंगो लगाउनका लागि बैठक जारी रहेको हो । निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोके पछि गठबन्धनले बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो  ।

गठबन्धन आवद्ध दल मध्ये जनता समाजवादी पार्टी नेपालले रामसहाय यादव, नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेका छन ।

निर्वाचन आयोगले पुरुषलाई उम्मेदवार बनाउन नसकिने भने पछि गठबन्धन आबद्ध दलले नयाँ उम्मेदवार तय गर्ने कि साना दलले निर्णयलाई सदर गर्ने भन्ने बारेमा निर्णय लिनेछन । 

शनिबार, २७ फागुन २०७९, १० : २४

प्रतिक्रिया