काठमाडौं- हार्ले डेभिड्शनको ३५० सीसी मोटरसाइकल सार्वजनिक भएको छ ।
कम्पनीले चिनियाँ बजारमा एक्स ३५० मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी क्यूजे मोटर्ससँगको सहकार्यमा एक्स ३५० सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ३३ हजार ३८८ यूवान निर्धारण गरेको छ ।
हार्लेले इन्ट्रीलेभल मोटरसाइकल साइकलको लागि विभिन्न लोकल मोटरसाइकल उत्पादक कम्पनीसँग सहकार्य गर्न सुरू गरेको हो ।
कम्पनीले भारतमा हिरोसँगको सहकार्य पछि चिनियाँ कम्पनी क्यूजेसँग सहकार्य सुरू गरेको हो ।
हार्ले एक्स ३५० मा ३५३ इन्जिन रहने छ । यसले ३५ पीएस पावर जेनेरेट गर्छ । यो मोटरसाइकलको तौल १९५ केजी रहनेछ भने यसका १४३ किमी प्रतिघण्टा रहनेछ ।
यो मोटरसाइकलमा १७ इन्चको टायर, अलोय ह्वील, डबल डिस्क ब्रेक, यूएसडी फर्क, राउण्ड एलइडी हेडल्याम्प, एबीएस जस्ता फिचर उपलब्ध रहेको छ ।
हार्ले एक्स ३५० ले ३५० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्नेछ । भारतीय बजारमा ३५० सीसी सेग्मेन्टमा मासिक ७० हजार यूनिट मोटरसाइकल विक्री हुँदै आएको छ । भारतमा ३५० सीसी सेग्मेन्टमा रोयल इनफिल्डको एकाधिकार रहेको छ । एक्स ३५० ले रोयल इनफिल्ड ३५० सँग सीधा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया