होन्डाले ल्यायो कलरफुल क्यास ब्याक अफर

आइतबार, २८ फागुन २०७९, ११ : २४

काठमाडौं-  होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी स्याकार ट्रेडिङले ‘कलरफुल क्यास ब्याक अफर’ संचालन गरिरहेको छ ।

कम्पनीको यो स्कीम फागुन ३० गतेसम्म जारी रहने छ ।

कम्पनीले होलीको अवसरमा ल्याएको यो स्कीममा ग्राहकले ग्राहकले नगद छुट तथा विभिन्न फाइनान्स स्कीमको सुविधा पाउने छन् ।

होन्डाको कलरफुल स्कीम अन्तर्गत नगदमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ४ हजार रुपैयाँ नगद छुट पाउने छन् ।


त्यसका अलावा फाइनान्स स्कीमलाई सहज बनाउन कम्पनीले सबैभन्दा कम डाउनपेमेन्ट ६० हजार रुपैयाँ सुरुमा तिरेर मोटरसाइकल तथा स्कुटर किन्न पाइने सुसवधा दिएको छ ।

त्यसैगरी, बजारमा ब्याजदरको विषयमा निकै ठूलो चर्चा भइरहेको समयमा ५।९९ प्रतिशत ब्याजदर र केवल ४ हजार ९९९ रुपैयाँ मासिक किस्ता मध्ये कुनै एक स्कीम छनोट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने अफर दिएको हो् ।

यो स्कीममा होन्डा डिओ एसटीडी भर्सन गर्दा ग्राहकले माथिका चार स्कीम मध्ये एक स्कीम छनोट गर्न सक्ने छन्् । त्यसमा ग्राहकले ६० हजार डाउन पेमेन्ट गर्दा १ वर्षको वा दुई वर्षको किस्ता अबधि छनोट गर्ने सुबिधा कम्पनीले उपलब्ध गराएको छ ।

थोरै डाउन पेमेन्ट गर्नेले १ वर्षको किस्ता छनोट गर्दा बाँकी रकममा १३ प्रतिशत ब्याज तिर्नु पर्छ भने दुई वर्षे अवधिको किस्ता छनोट गर्दा १७ प्रतिशत ब्याज बुझाउनु पर्ने हुन्छ ।

दुई वर्षको मासिक किस्तामा बाँकी रकम बुझाउँदा लाग्ने मासिक किस्ताको बारेमा बुझ्न यहाँ क्लिक गनुहोला ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले २ लाख १८ हजार रुपैयाँ निर्धारण गरेर डिओ एसटीडी भर्सन विक्री गर्दै आएको छ ।

आइतबार, २८ फागुन २०७९, ११ : २४

प्रतिक्रिया