पायोनियर मोटोकर्पको विशेष अफर

आइतबार, २८ फागुन २०७९, १२ : ५९

काठमाडौँ – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्याग्नाइट नेपाल भित्रिएको २ वर्ष पुरा भएको अवसरमा विशेष अफर उपलब्ध गराउने भएको छ ।

 निसान म्याग्नाइट किन्न चाहने ग्राहकका लागि निसानका देशभर रहेका शोरुममार्फत आकर्षक नगद छुट उपलब्ध हुने भएको छ । यसका साथै निःशुल्क इन्स्योरेन्स र निःशुल्क सडक कर उपलब्ध हुनेछ ।

निसानका विभिन्न मोडलमा ग्राहकले उपलब्ध गराउने डाउन पेमेन्टका आधारमा फरक फरक रकम छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । निसानका गाडीमा ३ वर्ष वारेन्टी र ३ वर्ष निःशुल्क सर्भिसिङको सुविधा उपलब्ध छ ।

सो अफर आगामी चैत ५ सम्म मात्र उपलब्ध हुनेछ ।

निसान म्याग्नाइट नेपाली बजारमा निकै नै रुचाइएको सवारी साधन हो । यद्यपि ग्राहकको माग अनुसारको संख्यामा कम्पनीले सो गाडी उपलब्ध गराउन सकेको छैन । अहिले पनि बुकिङ गर्ने ग्राहकले करिव १ महिना डेलिभरीका लागि पर्खिनु पर्नेछ ।

नेपालमा २०७७ सालको फागुन दोस्रो साता यो गाडी औपचारिक रुपमा सार्वजनिक गरिएको थियो । यो २ वर्षको अवधिमा २ हजार भन्दा बढी निसान म्याग्नाइट नेपाली बजारमा बिक्री भएको पायोनियर मोटोकर्पका डेपुटी जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले बताए । यद्यपि नेपाल भित्रिएको शुरुमै कम्पनीले माग गरिए बमोजिमको संख्यामा गाडी उपलब्ध गराउन सकेको थिएन । त्यसैगरी पछिल्लो समयमा भएको आयात प्रतिबन्धले समेत यसमा असर पुगेको चन्दले बताए ।

आइतबार, २८ फागुन २०७९, १२ : ५९

प्रतिक्रिया