काठमाडौँ – नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेटा भी इलेक्ट्रिक कार एक्सचेन्ज गर्न सकिने अफर ल्याएको छ । यस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ ।
काठमाडौंको विशालनगरस्थित शोरुममार्फत यो सुविधा उपलब्ध हुनेछ । पुरानो कारको उपयुक्त भ्यालुएसन गरिने र नेटा भी उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।
यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ ।
यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ ।
प्रतिक्रिया