काठमाडौं- होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले भारतीय बजारमा होन्डा सीबी ३५० सिरिजको नयाँ भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीले हाइनेस सीबी ३५० र सीबी ३५० आरएस को २०२३ भर्जन सार्वजनिक गरेको हो ।
कम्पनीले विभिन्न अपडेटसहित सीबी ३५० सिरिज सार्वजनिक गरेको हो । होन्डाले सीबी ३५० लाई बीएस ६ फेज टू इन्जिनमा सार्वजनिक गरेको हो ।
यी दुवै मोटरसाइकलमा ३५० सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ३० एनएम टर्क जेनेरेट गर्छ ।
यसमा मूख्य अपेडेटको रूपमा इन्जिन भाइब्रेसन कम गर्नको लागि कोएक्सियल ब्यालेन्सर दिएको छ । यसका साथै सीबी ३५० को एग्जस्टमा पनि सुधार गरेको बताएको छ ।
२०२३ भर्सन मोटरसाइकलमा ६ स्पीडको गियरबक्ससहित असिस्ट र स्लिपर क्लच पाउन सकिन्छ । मोटरसाइकलमा एड्भान्स फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यो डिस्प्लेमा एबीएस, आरपीएम, गियर पोजिसन, साइड स्ट्यान्ड इन्डिकेटजस्ता जानकारी देख्न सकिन्छ ।
त्यस्तै नयाँ सीबी ३५० मा एमर्जेन्सी स्टप सिंगल ९ईएसएस० सुरक्षा फिचर दिइएको छ । जसले अचानक ब्रेक लगाउँदा टर्न इन्डिकेटर फ्ल्यास गर्छ र पछाडि सवारी साधन चालकलाई सूचना दिन्छ ।
सीबी ३५० मा १५ लिटरको फ्युल ट्याकं पाउन सकिन्छ । सस्पेन्सन राम्रो बनाउनको लागि कम्पनीले नाइट्रोजन चाज्र्ड रियर सस्पेन्सन र अगाडि पुरानै टेलीस्कोपिक फोर्क सस्पेन्सन दिएको छ ।
होन्डा हाइनेस सीबी ३५० को मूल्य २ लाख ९ हजार ८५७ र सीबी ३५० आरएस को मूल्य २ लाख १४ हजार ८५६ भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेर विक्री सुरू गरेको हो ।
कम्पनीले दुवै मोटरसाइकलको लागि कस्टमाइजेसन प्याकेजसमेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया