आइएमई पेको नयाँ व्यवस्था

सोमबार, २९ फागुन २०७९, १७ : १४

काठमाडौँ - रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा अब रिया मनी ट्रान्सफरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको छ।

विदेशमा रहेका लाखौँ नेपालीका लागि रियाको अनलाइन प्लेटफर्मबाट पैसा पठाउँदा रु. ५० सम्मको क्यासब्याक दिने सुविधा छ। 

 उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्सफरको अनलाइन पोर्टलमा गई आइएमई पेमा सीधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको छ। 

सोमबार, २९ फागुन २०७९, १७ : १४

प्रतिक्रिया