काठमाडौं - बीवाइडी अटो इन्डष्ट्रि कम्पनी लि. को नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रा. लि. ले ३ युनिट अल न्यू इ६ गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । बीवाइडी इलेक्ट्रिक सवारी साधनहरुको अग्रणी कम्पनीको रुपमा रहेको छ र कम्पनीले विश्वभरि ३० लाख New Energy Vehicle (NEV) को बिक्री गरिसकेको छ ।
नेपाल आयल निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरुप नै ALL NEW e6 को खरिद प्रक्रिया अगाडी बढेको हो । शुन्य उत्सर्जन र कम संचालन खर्च रहेका 86 सवारी साधनहरु धेरै नै प्रभावकारी र वातावरण मैत्री रहेका छन् ।
नेपाल आयल निगमका प्रोजेक्ट र आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सूरज शाहका अनुसार " दिगोपनाको लागि प्रतिबद्धता अनुरुप इलेक्ट्रिक सवारी साधनहरुमा गरिएको लगानीमा हामीलाई गर्व लागेको छ । हामी विश्वस्त छौं कि इलेक्ट्रिक सवारी साधनहरु यातायातको भविष्य हुन् र आउने दिनहरूमा हाम्रा सवारी साधनहरुलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरुको खोजीमा छौं ।
साइमेक्स इन्क प्रा. लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार "BYD का EVs नेपाल आयल निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतिय सवारी साधनलाई प्रोत्साहन गर्न महत्वपूर्ण कदमको रुपमा लिन सकिन्छ । हामीलाई आशा छ कि यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनहरुको व्यापक प्रयोगको लागि उत्प्रेरकको रुपमा काम गर्नेछ र हरित, सफा भविष्यको लागि योगदान दिनेछ ।
All-New e6 नेपालमा सबैभन्दा लामो रेन्ज भएको EV हो जसको सिंगल चार्जमा ५२२ कि.मि. सम्म यात्रा गर्न सकिन्छ। यसमा स्टेट अफ द आर्ट ब्लेड ब्याट्री टेक्नोलोजी रहेको छ जसले सुरक्षा, भरपर्दो, परफरमेन्स र पावर डेन्सिटीमा नयाँ बेन्चमार्क सेट गरेको छ । All New e6 विश्वको पहिलो इलेक्ट्रिक सवारी साधन हो जसमा Bosch कम्पनी को IPB Intelligent Integrated Brake Control System जडित गरिएको छ।
प्रतिक्रिया