काठमाडौँ - विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो ।
२१ मध्य ७ वटा स्कुटरहरु गत आइतबार नक्साल स्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मण बाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।
यस बारेमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीज्युले भने, “सर्वप्रथम त स्कुटर जित्न सफल सबै विक्रेताहरुलाई बधाई दिन चाहन्छु । साथै रियलमीका स्मार्टफोनहरु आम उपभोक्ताहरु माझ सहज रुपमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण विक्रेताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, मलाई आशा छ आउँदा दिनहरुमा यसै गरी रियलमीलाई साथ र सहयोग प्रदान गर्नुहुनेछ ।”
|
Trader Name |
Location |
|
|
1 |
DG Multibrand Showroom |
Kathmandu |
|
2 |
Unique Mobile Hub |
Kathmandu |
|
3 |
Khulal Trade Link |
Kathmandu |
|
4 |
PR Traders |
Kathmandu |
|
5 |
Kalinchok Mobile |
Kathmandu |
|
6 |
Samip Mobile |
Kathmandu |
|
7 |
New Mandali Enterprises |
Kathmandu |
|
8 |
Ambe Mobile & Electronics |
Damak |
|
9 |
Gaurav Electronics |
Baglung |
|
10 |
New Unique Watch & Mobile Center |
Hetauda |
|
11 |
M tech |
Janakpur |
|
12 |
Om Mobile Sales & Service |
Janakpur |
|
13 |
Sunil Mobile |
Janakpur |
|
14 |
Samsung Mobile & Electronic |
Janakpur |
|
15 |
Sujit Mobile Center |
Birgunj |
|
16 |
Shree Ganesh Mobile Center |
Birgunj |
|
17 |
Kiran Mobile Center |
Nepalgunj |
|
18 |
New Simran Traders |
Dhangadhi |
|
19 |
New Rameswaram Suppliers |
Dhangadhi |
|
20 |
New Saviog Mobile Shop |
Dang |
|
21 |
Nischal Mobile Center |
Butwal |
उक्त स्किम अन्तर्गत काठमाडौंको डिजि मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिन्चोक मोबाइल, दमकबाट अम्बे मोबाइल एन्ड इलेक्ट्रोनिक्स, बाग्लुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौँडाबाट न्यु युनिक वाच एन्ड मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए । त्यस्तै गरी जनकपुरबाट एम टेक, ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, साम्संग मोबाइल् एन्ड इलेक्ट्रोनिक, वीरगन्जको सुजित मोबाइल सेन्टर र श्री गणेश मोबाइल सेन्टर, नेपालगन्जबाट किरण मोबाइल सेन्टर, धनगढिबाट न्यु सिम्रन ट्रेडर्स, न्यु रामेश्वरम सप्लायर्स र दाङको न्यु सभियोग मोबाइल शप र बुटवलबाट निश्चल मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।
प्रतिक्रिया