चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

मंगलबार, ३० फागुन २०७९, १३ : ००

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

 आज (मंगलबार)काठमाडौंमा आयोजित नेपाल(चीन लगानी तथा व्यापार मञ्चले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालले विदेशी लगानीकर्तालाई प्रेरित, प्रवर्द्धन र सुरक्षा गरेको बताएका हुन् । 


नेपालको व्यापार नीति वैदेशिक लगानीमैत्री रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी बढाउन सरकार अग्रसर रहेको बताएका हुन् । सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, "नेपालले व्यापार र लगानीमैत्री नीति बनाइरहेको छ । हामीले हाम्रा नीतिहरूमा सुधार गर्दै वैदेशिक लगानीका लागि प्रोत्साहन, प्रवर्द्धन र सुरक्षा गरिरहेका छौँ ।"

प्रधानमन्त्री प्रचण्डले नेपालको करसीमा न्यून रहेको र व्यावसायिक वातावरण राम्रो भएको बताए । उनले स्वदेशी र विदेशी लगानीकर्तामा कुनै पनि विभेद नगरिने पनि प्रतिबद्धता जनाए । उनले विदेशी लगानीकर्ताको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुरु गर्ने विषयमा कानुन बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको समेत बताए । प्रधानमन्त्री दाहालले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे । उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए ।

मंगलबार, ३० फागुन २०७९, १३ : ००

प्रतिक्रिया