पल्सर एनएस १६० को नयाँ भर्सन सार्वजनिक

मंगलबार, ३० फागुन २०७९, १३ : १४

काठमाडौं-  बजाज अटोले पल्सर एनएस १६० को नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले बीएस६ फेज २ इन्जिन तथा अन्य फिचर थप गरेर २०२३ भर्सन सार्वजनिक गरेको हो ।

कम्पीले एनएस १६० मा प्रिमियम मोटरसाइकलमा हुने यूएसडी फर्क (अप–साइड डाउन) फिचर थप गरेर एन १६० को २०२३ भर्सन ल्याएको हो ।

बजाज अटोले २०२३ पल्सन एनएस १६० को मूल्य १ लाख ३४ हजार ६७५ भारतीय रुपैयाँ ९एक्स शोरुम० मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो । यो २०२२ भर्सनको तुलनामा ९ हजार ६५१ रुपैयाँ महंगो रहेको छ ।


२०२३ मोडल एनएस १६० मा सबैभन्दा ठुलो अपडेटका रुपमा ३३ एमएम ट्राभल यूएसडी फर्क रहेको छ भने २०२२ मोडलमा भएको बाइब्री क्यालिपर डिस्क ब्रेकलाई ग्रिमेका क्यालीपर ब्रेकले रिप्लेस गरेको छ । कम्पनीले डिस्क साइजलाई २६० एमएम बाट बढाएर ३०० एमएम बनाएको छ । यसका अलावा अन्य परिर्वतन भने एन १६० मा गरिएको छैन ।

पल्सर एनएस १६० मा १६०.३ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । । यो इन्जिनले १७.२ पीएस पावर तथा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा १२ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ भने ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ ।

 

मंगलबार, ३० फागुन २०७९, १३ : १४

प्रतिक्रिया