काठमाडौं- सब फोर मिटर सेग्मेन्टमा महिन्द्राको एक्सयूभी ३०० सन् २०२० मा नै नेपाल आएको हो । कम्पनीले ‘महिन्द्रा उदय’ नामक अटो शो नै गरेर सार्वजनिक गरेको भएपनि तत्काल नेपालमा विक्री सुरु नगर्दा यसले सोचे जस्तो बजार पाउन भने सकेन ।
महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक पटक फेरी एक्सयूभी ३०० को फेसलिफ्ट (अपग्रेट गरिएको भर्सन) नेपालमा विक्री सुरु गर्न लागेको छ । कम्पनी स्रोतका अनुसार पहिले कै मूल्यमा फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने तयारी भइरहेको हो ।
‘चैत अन्तिमसम्ममा विक्री सुरु गर्नेगरी काम अगाडि बढाएका छौं । उत्कृष्ट फिचरको साथ आउने अपग्रेड गरिएको एक्सयूभी ३०० पुरानै मूल्यमा विक्री गर्ने हाम्रो लक्ष्य हो’, कम्पनी स्रोतले जनाएको छ ।
महिन्द्राले अघिल्लो महिना विक्री सुरु गरेको एक्स्यूभी ७०० ले राम्रो प्रतिक्रिया पाइरहेको र सब फोर मिटर सेग्मेन्टमा अन्य कम्पनीको मोडलहरु महंगो बन्दै गएसँगै एक्सयूसी ३०० को मूल्यले धेरैलाई आकर्षित गर्न सक्नेछ ।
प्रतिक्रिया